काठमाडौं- टर्कीमा लुटपाटका घटना बढेका छन् । भूकम्पको पीडामा रहेको बेला बढेको लुटपाटमा संलग्न भएको भन्दै हालसम्म ४८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
गत सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प जाँदा टर्की र सिरियामा हालसम्म २८ हजार जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कमिटीको अनुसन्धानपछि आठ अलग–अलग प्रान्तबाट संदिग्ध ४८ जनालाई पक्राउ गरिएको छ ।
यसअघि टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले लुटपाट लगायतका अपराधमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिएका थिए । भूकम्पपछि राष्ट्रपति एर्दोआनले टर्कीका १० प्रान्तमा तीन महिनासम्मका लागि संकटकाल घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















