images
images
  • आयातमुखी अर्थतन्त्रः आयात घट्दा सरकार चलाउन धौ धौ

    काठमाडौं- चालू आर्थिक वर्षका ६ महिनाको तथ्यांक हेर्दा आयात घटेको छ । गत वर्ष मात्रै पनि उच्च आयात भएकोमा यो वर्ष आयातमा कडाइ, अनिवार्य एक्जिम कोड र एलसीमा पनि कडाइ गरेपछि आयात घटेको छ । आयातसँगै राजश्व पनि ह्वात्तै घटेको तथ्यांकले देखाउँछ । भन्सारमुखी राजश्व भएकै कारण यो वर्ष चालू खर्चभन्दा पनि कम राजश्व संकलन भएको छ ।

    तथ्यांअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा व्यापार घाटा २० प्रतिशत घटेको छ । चालू आव २०७९÷०८० को साउन देखि पुषसम्मको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा डेढ खर्बभन्दा बढीले व्यापार घाटा घटेको छ ।
    चालू आर्थिक वर्षको जेठसम्ममा नेपालले विभिन्न मुलुकबाट ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख ८९ हजार रुपैयाँ बराबरका मालबस्तु आयात गरेको छ भने सोही अवधिमा ८० अर्ब ८० करोड ७४ लाख २१ हजार रुपैयाँ बराबरको मालबस्तु विभिन्न देशमा निर्यात गरेको छ । समिक्षा अवधिमा नेपालको कूल राजश्ज संकलन १ खर्ब ८२ अर्ब ८४ करोड ४ लाख २५ हजार भएको छ भने व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड ८८ लाख ६८ हजार रहेको छ ।

    नेपालले व्यहोरेको यो व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब डेढ खर्ब घटी हो ।

    गत आर्थिक वर्ष २०७८÷०७९ को सोही अवधिमा (साउनदेखि पुष) मा नेपालको कूल व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख ४७ हजार भएको थियो । सो अवधिमा नेपालले भन्सार केन्द्रबाट संकलन गरेको राजश्व २ खर्ब ५७ अर्ब ६० करोड ४६ लाख ७६ हजार थियो ।

    गत आर्थिक वर्ष २०७८÷०७९ भरीमा सबै भन्सार केन्द्रबाट ४ खर्ब ८२ अर्ब ४३ करोड रूपैयाँ राजश्व संकलन गरेको थियो । उक्त राजश्व कुल राजश्वको करिब ४६ प्रतिशत छ । सो आर्थिक वर्षमा सरकारले कूल १० खर्ब ५९ अर्ब ५३ करोड रूपैयाँ राजश्व संकलन गरेको थियो । अघिल्लो आर्थिक २०७७÷०७८ मा पनि भन्सार केन्द्रबाट संकलन गरिएको राजश्व ४ खर्ब २० अर्ब ९७ करोड थियो । उक्त राजश्व कुल राजश्वको करिब ५० प्रतिशत छ ।

    यसैगरी अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा कुल राजश्वको ३५ प्रतिशत हिस्सा भन्सार राजश्वले ओटेको थियो । सो आर्थिक वर्षमा भन्सार राजश्वबाट २ खर्ब ९८ अर्ब रुपैयाँ संकलन भएको थियो । त्यसको आर्थिक वर्ष २०७५÷७६ मा पनि सरकारले कुल राजश्वबाट ४२ प्रतिशत हिस्सा भन्सार बिन्दुबाट संकलन गरेको थियो । सो आर्थिक वर्षमा ८ खर्ब ३९ अर्ब कुल राजश्व संकलन थियो ।

    तथ्यांकमा राजश्व
    चालू आर्थिक वर्षका सात महिना बित्नै लाग्दा सरकारले जम्मा ५ खर्ब १२ अर्ब १ करोड २८ लाख रूपैयाँ राजश्व संकलन गरेको छ । सो अवधिमा सरकारले गरेको चालू खर्च मात्रै ५ खर्ब २८ अर्ब ८४ करोड २५ लाख रूपैयाँ पुगेको छ । उक्त अवधिमा अनुदान ऋण र अन्यसमेत गर्दा पनि सरकारी खातामा ५ खर्ब ५१ खर्ब ५४ करोड ८५ लाख रकम जम्मा भएकोमा खर्च भने जम्मा ६ खर्ब ६३ खर्ब ३५ करोड २० लाख भएको छ ।

    यो तथ्यांक हेर्दा सरकारले कर्मचारीको तलब र दैनिक खर्चका लागि पनि रनजश्व उठाउन सकेको छैन । यसरी हेर्दा व्यापार घाटामा केही कमी आए पनि यो वर्ष राजश्वमा भने उच्च चाप परेको छ । लामो समयदेखि आयातमुखी अर्थतन्त्रमा केही पनि सुधार ल्याउन नसक्दा आयात घट्ने बित्तिकै समग्र अर्थतन्त्रमा समस्या देखा पर्न छाडेको छैन ।

    पछिल्ला केही वर्षको तथ्यांक हेर्दा कुल राजश्वको ३५ देखि ५० प्रतिशत राजश्व भन्सार विन्दुबाट संकलन हुने गरेको देखिन्छ । निर्यात व्यापारमा राजश्व नलाग्ने हुँदा भन्सार केन्द्रहरुमा संकलन हुने राजश्व आयातमा नै निर्भर हुने गर्छ । अर्थात् जति धेरै आयात हुन्छ त्यति धेरै राजश्व संकलन हुन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images