images
images
  • नेपाली सेनाका एक उपरथीसहित १४ अधिकृतको बढुवा

    काठमाडौं- नेपाली सेनाका एक उपरथीसहित १४ अधिकृतको बढुवा भएको छ ।

    उपरथीमा सहायक रथी कृष्णदेव भट्टराई बढुवा भएका छन्। मन्त्रिपरिषद्को माघ २३ गते बसेको बैठकले भट्टराईलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो।

    बढुवा भएसँगै भट्टराईलाई प्रबन्धरथी विभागको विभागीय प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ।

    यस्तै, ५ जनालाई सहायक रथीमा र ८ जनालाई महासेनानीमा बढुवा गर्ने पनि निर्णय भएको छ। बढुवा हुनेमा महासेनानीहरु मनोज थापा, पूर्णबहादुर खत्री, रोशन शमशेर जबरा, जगतबहादुर पौडेल र प्रकाश थापा रहेका छन्। उनीहरुलाई महासेनानीबाट सहायक रथीमा बढुवा गर्ने निर्णय भएको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

    अरु ८ जना प्रमुख सेनानी महासेनानीमा बढुवा भएका छन्। प्रमुख सेनानीहरु दिगविजय शाह, विष्णु थापा, राजन बुढाथोकी, प्रविणराज घिमिरे, सुरज वैदवार, डम्बरबहादुर बोहरा, झविन्द्र बहादुर रेशमी मगर र सौजन्य शमशेर जबरा महासेनानीमा बढुवा भएका हुन्।

    उपरथी भट्टराई एक सहायक रथी र ४ महासेनानीलाई आजै प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यानी चिन्ह प्रदान गरेका छन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images