images
images
  • चार लाख ३५ हजार नक्कली नोटसहित दुईजना प्रहरी नियन्त्रणमा

    काठमाडौं- सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख ३५ हजार नेपाली नक्कली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

    सिरहाको लाहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकको रोडबाट शनिवार साँझ उनीहरुलाई नियन्त्रणमा लिइएको हो। नक्कली नोटसहित नियन्त्रणमा लिइएकाहरुमा सिरहाको लाहान नगरपालिका वडा नम्बर १९ स्थायी घर भएका ३० वर्षीय मोहम्मद ओसिन र सोही नगरपालिका वडा नम्बर १० स्थायी घर भएका २२ वर्षीय मोहम्मद राज शेख रहेका छन्।

    विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनीहरुको साथबाट ४३५ थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, ७ थान सिमकार्ड तथा एक हजार ५५ रुपैयाँ समेत बरामद भएको छ। उनीहरुलाई बरामद सामानसहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लाहानमा बुझाइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images