images
images
  • पढ्नुहोस् आजको राशिफल

    काठमाडौं– आज विक्रम सम्वत् २०८३ असोज १८ गते आइतबार, ईस्वी सम्वत् २०२६ अक्टोबर ४, नेपाल सम्वत् ११४६ ञलागा नवमी ।

    आज नेपालमा सूर्योदय बिहान ५ बजेर ५८ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ४९ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशिको हुनेछ ।

    पढ्नुहोस् आजको राशिफल–

    मेष Aries
    प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । साथीभाईको सहयोग मिल्नेछ । आयआर्जन पनि राम्रै हुनेछ ।

    वृष Taurus
    आफ्नो अधिकारको लागि लड्नुपर्ने छ । काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ । शत्रुहरू पराजित हुनेछन ।

    मिथुन Gemini
    काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।

    कर्कट Cancer
    सन्तानले प्रसन्नता दिलाउनेछन । परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ । मान्यजनको सहयोगमा काममा सफलता मिल्नेछ।

    सिंह Leo
    परिवारको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । ब्यापार ब्यबसायबाट पनि फाइदा हुनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

    कन्या Virgo
    दाम्पत्य जीबनमा खुसियाली छाउनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । काममा सफलता मिल्नेछ । आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ ।

    तुला Libra
    सामाजिक मानसम्मान पाइने समय छ । रमाइलो यात्राको मौका रहेकोछ। अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । काममा केही चुनौतीहरू देखिनेछन ।

    वृश्चिक Scorpio
    सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका श्रोतहरु फेला पर्नेछन । साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ ।

    धनु Sagittarius
    ब्यापार ब्यबसायबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सफल गर्ने मौका छ ।

    मकर Capricorn
    पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने मन खुसि रहनेछ । मान्यजनको सुझावले नयाँ काममा हात लाग्नेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।

    कुम्भ Aquarius
    धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन । मनग्य धन कमाउने अवसर मिल्नेछ । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग रहेकोछ ।

    मीन Pisces
    पारिवारिक जमघटमा मन रमाउनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images