images
images
  • तपाइँको राशि कुन हो ? कस्तो छ आजको पलादेश ?

    काठमाडौं– आज विक्रम सम्वत् २०८३ असोज १५ गते बिहीबार, ईस्वी सम्वत् २०२६ अक्टोबर १, नेपाल सम्वत ११४६ ञलागा पञ्चमी ।

    आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५७ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५२ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशिका हुनेछन् ।

    पढ्नुहोस् आजको राशिफल–

    मेष Aries
    रमाइलो यात्राको योग रहेको छ । रमाइलो भेटघाटमा मन रमाउनेछ । प्रेममा सफलता मिल्नेछ । धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन ।

    वृष Taurus
    सानै प्रयाशले काममा सफलता मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । सामाजिक काममा व्यस्त रहनुपर्नेछ ।

    मिथुन Gemini
    व्यापार व्यवसायमा लाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिको कारोबार बढ्नेछ । रोकिएका अधुरा कामहरु बन्नेछन ।

    कर्कट Cancer
    दाम्पत्य जीबन सुखमय रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाईको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ ।

    सिंह Leo
    रोजगारीको नयाँ अवसर मिल्नेछ । कूटनीतिक कार्यहरु सफल हुनेछन । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मन प्रसन्न रहनेछ ।

    कन्या Virgo
    उत्साह र स्फूर्ति बढ्नेछ । सामाजिक कामहरु सफल हुनेछन । ठुला व्यक्तिको सहयोगले काम गर्ने आत्मविश्वास बढ्नेछ ।

    तुला Libra
    सोचेको आटेको काममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । साथीभाईसंग भेटघाटमा मन खुसि रहनेछ ।

    वृश्चिक Scorpio
    धार्मिक र सामाजिक काममा मन जानेछ । व्यापार व्यवसायमा अवरोध उत्पन्न हुन सक्ने देखिन्छ । मेहनत गरे कामहरु सफल हुनेछन ।

    धनु Sagittarius
    सामाजिक कार्यमा तत्परता रहनेछ । वैदेशिक यात्रा हुने देखिन्छ । स्वास्थ्यमा सुधार आउनेछ । परोपकारी काममा रुची बढ्नेछ ।

    मकर Capricorn
    अध्ययन अध्यापनमा सुधार आउनेछ। मनोरञ्जनमा मन जानेछ । वैदेशिक कार्यहरू बन्नेछन । जागिरमा पदोन्नतिको योग रहेको छ ।

    कुम्भ Aquarius
    शत्रुहरु पराजित हुनेछन । धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । काम गर्ने हौसला, उत्साह र आत्मविश्वास बढ्नेछ ।

    मीन Pisces
    रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । बिछोडिएका मित्रसँग भेट हुनेछ । मनमा हर्ष बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images