रौतहट- आफ्नै बुबाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । रौतहटको चन्द्रपुरमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् ।
घरायसी विवादमा चन्द्रपुर नगरपालिका– ६ का ३२ वर्षीय प्रकाश राईले बिहीबार राति आफ्नै बुबाको हत्या गरेको प्रहरीले बताएको छ। ।
राईले चिर्पटले टाउकोमा प्रहार गरेर ५५ वर्षीय बुबा नीरकुमारको हत्या गरेको प्रहरीले जनाएको छ । राईलाई बिहीबार राति नै प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको छ ।
मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिरपट प्रहार गर्दा गम्भीर घाइते भएका निरकुमारको चपुरस्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















