images
images
  • मेयर बालेन र गभर्नर अधिकारीबीच भेटवार्ता, के-के भयो छलफल ?

    काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । भेटका क्रममा सर्वसाधारणले सहकारीमा बचत गरेको रकम सुरक्षाका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका थिए ।

    सोमबार राष्ट्रिय सभागृहमा भएको भेटमा मेयर बालेनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग महानगर क्षेत्रका सहकारीहरूमा सर्वसाधारणले गरेको बचत सुरक्षाका लागि सहयोग गरिदिन आग्रह गरेको महानगरले जनाएको छ ।

    मेयर बालेनले सर्वसाधारणको बचत सुरक्षा गर्न काठमाडौं महानगपालिकाले अनुगमन र नियमनका कामलाई प्राथमिकता दिएको बताए ।

    सहकारीहरूमा बचतको सिलिङ सम्बन्धी कानुनी प्रबन्ध गर्न सक्ने गभर्नर अधिकारीको भनाइ थियो । महानगरलाई आवश्यक पर्ने सहयोग राष्ट्र बैंकले उपलब्ध गराउने उनले बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images