images
images
  • बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प

    बाजुरा- बाजुरामा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

    मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

    भुकम्पले केही घर भत्किएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।बाजुरा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाकाअनुसार अहिलेसम्म बडिमालिका नगरपालिका ७ मा एउटा र ९ मा २ वटा घर भत्किएको विवरण आएको छ भने संकलन गर्ने काम भइरहेको छ ।

    भूकम्पका कारण क्षतिको विवरण भने यकिन भइसकेको छैन । भूकम्पको धक्का सुदूरपश्चिमका अधिकांश जिल्लासँगै छिमेकी भारतका कतिपय स्थानमा पनि महसुस गरिएको बताइएको छ ।

    यसअघि कात्तिक तेस्रो साता सुदूरपश्चिमको डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो । केही मानिस घाइते भएका थिए । त्यसबेला सयौं परकम्प पनि गएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images