images
images
  • इरान प्रदर्शनः तीन महिला पत्रकार पक्राउ

    तेहरान- महसा अमिनीको हिरासतमा भएको मृत्युलाई लिएर महिनौंदेखि सुरु भएको विरोध प्रदर्शन बीच इरानी अधिकारीहरूले विगत दुई दिनमा तीन महिला पत्रकारलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार बताएको छ।

    सेप्टेम्बर १६ देखि इरानमा विरोध प्रदर्शनहरू चर्किएको छ। महिलाहरूको लागि देशको कडा ड्रेस कोड उल्लंघन गरेको आरोपमा नैतिकता प्रहरीद्वारा गिरफ्तार गरिएकी २२ वर्षीय इरानी कुर्द अमिनीको मृत्युपछि देशव्यापी विरोध प्रदर्शन भएको छ ।

    इस्लामिक गणतन्त्रका ‘शत्रुद्वारा उक्साएको ‘दंगा’ मा सुरक्षा बलका सदस्यहरू सहित सयौं मानिसहरू मारिएका छन् र हजारौंलाई गिरफ्तार गरिएको अधिकारीहरूले बताएका छन् ।

    ‘गत ४८ घण्टामा तेहरानमा कम्तिमा तीन जना महिला पत्रकार, मेलिका हासेमी, सइदेह शफीई र मेहरनौस जरेईलाई पक्राउ गरिएको छ’ सुधारवादी अखबार एतेमादले तेहरान पत्रकार संघलाई उद्धृत गर्दै भनेको छ । -एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images