images
images
  • मध्य थाइल्यान्डम भ्यान दुर्घटना हुँदा ११ जनाको जलेर मृत्यु

    बैंकक- मध्य थाइल्यान्डमा चन्द्र नयाँ वर्षको बिदा मनाइरहँदा यात्रुवाहक भ्यान दुर्घटना हुँदा दुई बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । ट्राफिक दुर्घटनाहरू सामान्य छन् ।

    १२ जना बोकेको भ्यान उत्तरपूर्वी अम्नात चारोएन प्रान्तबाट बैंकक जाँदै गर्दा मध्य नाखोन रत्चासिमा प्रान्तमा शनिबार राति राजमार्गबाट पल्टिएको प्रहरी कर्नेल यिंग्योस पोल्डेजले बताए ।

    दुर्घटनामा एक जना मानिस झ्यालबाट बाहिर निस्कन सफल भएका थिए । तर, अन्य यात्रुहरू फसेका थिए । उनीहरुको आगोमा जलेर मृत्यु भएको थियो ।

    बाँचेका २० वर्षीय विद्यार्थी थानाचित किङ्काउले आफू सुतेको अवस्थामा कसैको चिच्याएको सुनेर ब्यूँझिएको बताए । ‘म व्युझँदा भ्यान उल्टो थियो’, उनले भने । एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images