images
images
  • युक्रेनमा हेलिकोप्टर दुर्घटना: गृहमन्त्रीसहित १६ जनाको मृत्यु

    किभ- युक्रेनको राजधानी किभ बाहिर एउटा किन्डरगार्टेन नजिकै हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा २ जना बालबालिका छन् । १० जना बालबालिकासहित २२ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ ।

    दुर्घटनामा परको हेलिकप्टर युक्रेनी आपत्तकालीन सेवाको रहेको प्रहरी प्रमुख इहोर क्लेमेन्कोले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।हेलिकप्टर खसेपछि विद्यालयका बालबालिका र शिक्षकलाई सुरक्षितस्थानमा सारिएको छ ।-एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images