images
images
  • पेरुमा सरकारविरोधी प्रदर्शनमा ४२ जनाको मृत्य, संकटकाल घोषणा

    लिमा- पेरु सरकारले पछिल्लो समयमा राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शन चर्किएपछि राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा संकटकाल घोषणा गरेको छ ।

    प्रदर्शनमा कम्तीमा ४२ जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ घाइते भएका छन् ।

    ३० दिनको लागि लागू गरिएको संकटकालमा सेनालाई आदेश कायम राख्न हस्तक्षेप गर्न अधिकार दिइएको छ । घोषणासँगै धेरै आन्दोलन र भेला जस्ता संवैधानिक अधिकारहरूमा प्रतिबन्ध लगाइएको छ । -एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images