images
images
  • नविल बैंकः चार दशकको सुखद यात्रामा

    काठमाडौं– बैंकिङ बजारमा निक्कै अब्बल मानिएको नविल बैंकले आफ्नो इतिहासको चार दशक बिताउनै लागेको छ । भनिन्छ ‘सफलता प्राप्तीको लागि कयौं हण्डर र ठक्कर खानुपर्छ ।’ ‘क’ वर्गको इजाजत पत्र प्राप्त नविल बैंकको पनि आफ्नै इतिहास छ । आफ्नै सघर्षका कथा छन् । नेपालकै पहिलो निजी बैंकको रूपमा इतिहासमा नाम दर्ज गरेर यहाँसम्म आइपुग्दा बैंकले संस्थागत इतिहासमा कयौं आरोह–अवरोह पार गरेको छ ।

    नेपाल राष्ट्र बैंकको मर्जर नीतिका आधारमा वाणिज्य बैंकहरूको संख्या घटेर यतिबेला १८ वटामा झरिसकेको छ । पछिल्लो पटक ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डु एक आपसमा गाभिएपछि पूँजीका हिसाबले सबैभन्दा ठूलो बैंक बने पनि अहिलेसम्मको बैंकिङ संरचनाअनुसार नविल बैंकले बजारमा निकै विश्वास कमाएको देखिन्छ ।

    जनताको विश्वास

    वि. सं. २०४१ स्थापित नविल बैंक शुरूमा अरब बैंकको रूपमा बजारमा आएको थियो । सोही अरब बैंकबाट युएईका लगानीकर्ता बाहिरिएपछि त्यसको बहुमत स्वामित्व नेपालका एक मात्र अर्बपति विनोद चौधरीको परिवारको हातमा उक्त बैंकको स्वामित्व आइपुग्यो । त्यसपछि निकै उतार चढाव पार गर्दै वाणिज्य बैंकहरूको भिडभाडमा नविल बैंक अग्र स्थानमा रहिआएको छ । गत वर्षसम्म ‘नम्बर वान’ बैंकका रूपमै रहेको नविलले यतिबेला भने पूँजीका हिसाबले केही कमजोर बन्नुपरेको छ ।

    तर, बजारमा नविल बैंकप्रति अधिकांश जनताको विश्वास रहेको देखिन्छ । बैंकले जनताको आवश्यकता र मागका आधारमै पछिल्ला वर्षहरूमा निकै आक्रमक हिसाबले शाखा विस्तार गरेको छ । आर्थिक वर्ष २०७३÷७४ सम्ममा नबिल बैंकका शाखा संख्या जम्मा ५२ वटा थिए । तर, बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नविल बैंकले यतिबेला नेपालभर २ सय ४२ ठाउँमा शाखा स्थापना गरिसकेको छ । यसैगरी २ सय ७३ वटा एटिएम स्थापना गरिसकेको छ ।

    सेयर बजारमा अब्बल

    गत आर्थिक वर्षसम्ममा नविल बैंक मुनाफाका हिसाबले पहिलो नम्बरमा थियो । नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार गत आर्थिक वर्ष २०७८÷७९ सम्मको सञ्चित मुनाफा तथा अन्य वितरण योग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गरेकोे हो ।

    बजारमा कोरोना महामारीको संकटका बेला आर्थिक वर्ष २०७८÷७९ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ हासिल गर्न सफल भएको बैंक नविल नै हो । नविलले पहिलोपटक निष्कासन प्रतिकित्ता ६० रुपैयाँको दरले १९८७ मा निष्काशन गरेको थियो । यतिबेला बैंकको सेयर मूल्य ८ सय रूपैयाँ हाराहारी रहेको छ । नेपाली सेयर बजारमा नविल बैंक अग्रस्थानमा छ । सेयरमा आकर्षण र पूँजीकरणका हिसाबले बजारमा नविलको सेयरलाई निकै महत्वका साथ हेरिन्छ ।

    सामाजिक कार्यमा अग्रसर बैंक

    नविल बैंकले अनिवार्य सामकिजक उत्तर दायित्व अन्तरगतका काम गर्नमा पनि आफूलाई निकै अगाडि राखेको छ । बैंकले ग्राहकप्रतिको जिम्मेवारी, लगानीकर्ता र शेयरधनीप्रतिको जिम्मेवारी, कर्मचारीहरुप्रतिको जिम्मेवारी, व्यवसायिक साझेदारप्रतिको जिम्मेवारी र देश र समाजप्रतिको जिम्मेवारी गरी आफ्ना उक्तदायित्वका लाई प्राथमिकिकरण गरी काम गर्ने गरेको छ ।

    यिनै जिम्मेवारी अन्तरगत रहेको वातावरण, व्यवस्थापन, गरिबी निवारण, आर्थिक विकास, स्वास्थ्य, शिक्षा, खेलकुद साहित्य लगायतका क्षेत्रमा काम गर्दै आएको छ । भर्खरै मात्र नविल बैंकले पहिलोपटक दिएको उद्यामशिलतामा फेलोसिप कार्यक्रम सम्पन्न भउको छ । जसलाई बैंकिङ क्षेत्रमा एक नमुनाका रुपमा लिइएको छ । बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाइएको नबिल एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रम अन्तर्गत विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल फोर सोसल आन्टरप्रेनर्स इन्डियाको प्राविधिक सहयोगमा गत वर्षदेखि कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

    नविलका चुनौती

    ‘नविल बैंक देशको अग्रणी बैंकिङ संस्थाको रूपमा यसका लक्ष्य, उद्धेश्य, मूल्य र मान्यताहरुद्वारा परिभाषित छ । नबिल बैंकका हरेक सदस्य, हरेक ‘नबिलियन’, चाहे हामी जुनसुकै विभाग, शाखा वा इकाईमा होऔँ, वा हाम्रो पद र श्रेणी जुनसुकै होस्, बैंकको लक्ष्य प्राप्त गर्ने क्रममा हामीले गर्ने हरेक कृयाकलापमा हामी हाम्रो मूल्यमान्यतामा जिउँछौँ । यसरी नै हामी नबिलियन्सको रूपमा व्यक्तिगत रूपमा र नबिल बैंकको रूपमा सामूहिक रूपमा हाम्रो संस्कृति र मूल्यमान्यता परिभाषित हुन्छ ।’ नविल बैंकले आफ्नो आधिकारिक वैवपार्टलमा उल्लेख गरिउको छ, ‘हाम्रो मिशन, भिजन र मूल्यमान्यताहरु शिलालेखमा लेखिएका शब्दहरु भन्दा पनि धागाहरु हुन् जसलाई आपसमा जोडदा कपडा बन्छ, जुन कपडा नबिल बैंक हो । हामी देहायका मिसन र भिजन प्राप्त गर्न अगाडी बढ्दै गर्दा हरेक ‘नबिलियन’ हाम्रा मूल्यमान्यतामा काम गर्न र यसलाई जीवन्त राख्न प्रतिबद्ध छ ।’

    तर, ठिक यतिबेला बैंकिङ बजारमा नविलभन्दा अग्र सूचीमा अरू बैंकिङ संस्थाहरू देखिउका छन् । मर्जर तथा एक्वायर र आक्रमक बजार विस्तारका कारण एनआइसी एशिया र ग्लोबल बैंकले समेत विभिन्न सूचकहरुमा नविललाई उछिनिसकेका छन् । नविलसँगै यसअघि कहिल्यै प्रतिस्पर्धा नगरेका अन्य बैंकहरू पनि पूँजी र अन्य हिसाबले अगािड लाग्ने अवस्था बनिसकेो छ ।

    नेपालको वित्तीय बजारमा लामो समय नाफा र अन्य सूचकहरुमा ‘नम्बर वान’का रुपमा एकछत्र राज गरेको नविल बैंकका लागि यो निकै चूनौतीको विषय बनिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images