images
images
  • अर्थतन्त्रमा सुधारको संकेत

    काठमाडौं चालु आर्थिक वर्षको पाँच महिनामा आइपुग्दा अर्थतन्त्र केही सुधार भएको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्दा अर्थतन्त्रमा केही सुधारका संकेतहरू देखा परेका हुन् । चालू आर्थिक वर्षको पाचौं महिना मंसिरमा उपभोक्ता मुद्रास्फीति महंगी ७ दशमलव ३८ प्रतिशतमा कायम रहेको छ ।

    यो अंक लगभग गत आर्थिक वर्ष सोही महिना बराबर रहेको छ । गत आर्थिक वर्षको मंसिरमा यस्तो मुद्रास्फीति सात दशमलव ११ प्रतिशत बराबर थियो । तर अघिल्लो महिना असोजमा भने उपभोक्ता मुद्रास्फीति ८ प्रतिशत भन्दा बढी थियो ।
    राष्ट्र बैंकका अनुसार मङ्सिर महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ८५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलव ५९ प्रतिशत रहेको छ ।

    यही अवधिमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुराा तथा होटल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १५ दशमलव ५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११ दशमलव ८१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ३९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव शून्य ७ प्रतिशत र पेय पदार्थको आठ दशमलव ८४ प्रतिशतले बढेको छ । मङ्सिर मसान्तसम्ममा गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १७ दशमलव ३३ प्रतिशत, स्वास्थ्यको ११ दशमलव २२ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको आठ दशमलव ७६ प्रतिशतले बढेको छ ।

    मंसिर महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति भने नौ दशमलव १५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव २२ प्रतिशत रहेको थियो ।

    विप्रेषण आप्रवाहमा बृद्धि

    समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले वृद्धि भई .४८० अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई रु.५३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।

    चालु खाता एवम् शोधनान्तर स्थिति

    समीक्षा अवधिमा चालु खाता रु.३७ अर्ब ९१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२९८ अर्ब ५१ करोडले घाटामा रहेको थियो । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.३ प्रतिशतले कमी आई रु.३ अर्ब ४७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.६० करोड ४९ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब ६४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.७ अर्ब ७ करोड रहेको थियो ।

    समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१९५ अर्ब १ करोडले घाटामा रहेको थियो । २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.३ प्रतिशतले वृद्धि भई २०७९ मंसिर मसान्तमा रु.१२९२ अर्ब ५६ करोड पुगेको छ ।
    अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ३.० प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड कायम भएको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ७.८ प्रतिशतले वृद्धि भई रु.११३९ अर्ब २२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ३.८ प्रतिशतले कमी आई रु.१५३ अर्ब ३४ करोड कायम भएको छ ।

    २०७९ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९÷८० को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७९ मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २६.६ प्रतिशत, ७२.६ प्रतिशत र २३.० प्रतिशत रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images