images
images
  • एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भूसाल

    काठमाडौ- नेकपा (एमाले) परित्याग गरेर स्वतन्त्र चुनाव लडेका घनश्याम भूसाल नेकपा एकीकृत समाजावादीमा प्रवेश गर्ने भएका छन् । स्रोतहरूले बिहीबार उनी औपचारिक रुपमा एकीकृत समाजवादी पार्टीमा संलग्न हुने तयारी रहेको बताएका छन् ।

    १-२ दिनमा यस विषयमा औपचारिक घोषणा हुनेछ‚ भूसालनिकट स्रोतले भन्यो, अहिलेसम्म भएको तयारीअनुसार बिहीबार औपचारिक कार्यक्रम हुन्छ ।

    मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भूसालले एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए । त्यसयता एकीकृत समाजवादीको नेतृत्वसँग पटक-पटक छलफल गर्दै आएका थिए ।

    पार्टी प्रवेशको छलफलका लागि भुसालले गत सोमबार एक ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ नामक दस्तावेज पार्टीमा बुझाएका छन्।

    पार्टी अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै उनले समाजवादीको प्रस्तावमा आफू सकारात्मक रहेको बताएका छन्। तर, उनले त्यसका लागि पार्टीको तत्कालिन र दीर्घकालिन कार्यनीति र सिद्धान्तलाई परिस्कृत गर्नु शर्त राखेका छन्।

    अनौपचारिक छलफलमा नेकपा (एकीकृत समाजवादी)का सबैजसो नेता र कार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाउनुभएको तत्परता सकारात्मक छ, भूसालले प्रवेशका लागि तयार पारेको‚ कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव मा उल्लेख गरिएको छ ।

    हेर्नुस् भूसालको प्रस्ताव दस्तावेज :

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/01/bhusal-prastav.pdf

    प्रतिक्रिया दिनुहोस्
    images
    images