काठमाडौं- लुम्बिनी अल स्टार्स नेपाल टी–२० लिगको फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरेको हो ।
लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन मात्रै जोड्दा पराजय व्यहोर्यो ।
लुम्बिनीका इशान पाण्डेले सर्वाधिक ३८, अनिल शाह २४, विपुल शर्मा २०, सेड्ली भान स्केल्कवेकले १७, लाहिरु मिलान्थाले १६, दिपेन्द्रसिंह ऐरी १० रन जोडे ।
जनकपुरका अशन प्रियन्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले दुईरदुई विकेट लिँदा ग्रिफित र पवन शर्राफले समान एक विकेट लिए ।
जनकपुरका लागि सामिउल्लाह सिनवारीले सर्वाधिक ४५, ओपनर शरार्फुदिन असरफ २४, राजेश पुलामी १३, कप्तान ट्रेभोन ग्रिफितले १० रन जोड्दा पवन शर्राफ ३० रनमा अविजित रहे । लुम्बिनीका कप्तान दिपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले समान दुई दुई विकेट लिए भने शेड्ली भान स्केल्कवेले एक विकेट लिएका थिए ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।


विश्व खबर 



















