images
images
  • विवादित बन्दै गएको टी-२० क्रिकेट लिगमा अख्तियारको नजर

    काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवादित बनेको टी-२० क्रिकेट लिगमा चासो देखाएको छ।

    लिगमा विदेशबाट श्रम स्वीकृति नै नलिई खेल खेलाएको उजुरी परेपछि आयोगले सम्बन्धित निकायसँग जानकारी मागेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पत्राचार गर्दै खेलाडीहरूको श्रम स्वीकृति लिएको कागजपत्र उपलब्ध गराउन निर्देशन दिएको छ। लिगमा विभिन्न छ वटा टिमबाट खेलाडीहरूले अनुमति र श्रम स्वीकृति नलिएको उजुरी परेको थियो।

    नेपाल क्रिकेट संघले पुस ९ गतेबाट कीर्तिपुरस्थित अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा खेल सञ्चालन गर्दै आएको छ। त्यसो त खेलमा बेटिङ र म्याच फिक्सिङसमेत भएको आरोप लागेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अहिले अनुसन्धान गरिरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images