images
images
  • सरकार बनाउन प्रचण्डले राष्ट्रपति समक्ष गरे दाबी पेश (तस्वीरसहित)

    काठमाडौं-प्रधानमन्त्री बन्नका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिसमक्ष दाबी पेस गरेका छन् । उनले सात राजनीतिक दलहरूको समर्थनसहित आइतबार साँझ शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गरेका हुन् ।

    यसअघि राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय सीमा दिएकी थिइन् । जसअनुसार प्रचण्डले नेकपा एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर दाहाल शीतल निवास पुगेका हुन् । दाहाललाई प्रधानमन्त्री बनाउनका लागि हालसम्मको सहमति अनुसार १६६ सांसदको समर्थन जुट्ने पक्कापक्की भएको छ ।

    samarthan samarthan1

    प्रचण्डलाई सात दल र तीन स्वतन्त्र सांसदको समर्थन
    माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा सात राजनीतिक दल र तीन स्वतन्त्र सांसदको समर्थन जुटाएका छन् ।प्रधानमन्त्रीमा दावी गर्दै प्रचण्डको नेतृत्वमा राष्ट्रपति कार्यालयमा दर्ता गरिएको निवेदनमा सात राजनीतिक दल र तीन स्वतन्त्र सांसदको हस्ताक्षर रहेको छ ।

    प्रचण्डले एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीको समर्थन पाएका छन् । यस्तै, स्वतन्त्र सांसदहरू प्रभु साह, किरणकुमार साह र डा. अमरेशकुमार सिंहले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेका छन् ।

    प्रचण्डले २६५ सदस्यीय प्रतिनिधिसभामा १६९ सांसदको समर्थन प्राप्त गरेका छन् । राष्ट्रपति कार्यालयमा यही एउटा मात्रै प्रस्ताव पेस भएकाले राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसारको प्रधानमन्त्रीमा आजै प्रचण्डलाई नियुक्त गर्ने सम्भावना देखिएको छ ।

    संविधानको धारा ७६ को उपधारा २ मा र्दुइ वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सक्ने व्यवस्था छ । संसद्मा कुनै पनि दलले बहुमत प्राप्त नगरेका कारण राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा १ को सट्टा सीधै उपधारा २ बमोजिम सरकार गठनका लागि दावी पेश गर्न दलहरूलाई आह्वान गरेकी थिइन् । राष्ट्रपतिले दिएको समय आज साँझ ५ बजेबाट सकिएको छ ।

     

    तस्वीरमा हेर्नुहोस् शितल निवासमा पुगेका नेताहरु ।

    Prachand 3 prachanda 2 prachanda prachadna 6

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images