काठमाडौं-नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी नहुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नजाने सचिवालय बैठकले निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालले जानकारी दिए ।
आइतबार नै प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा एमालेसहितका दलहरुले सहमति भएको हो । दाहालको नेतृत्वमा सरकार बनाउने निर्णय भएपछि नेकपा एसको सचिवालय बैठक बसेको थियो ।
पछिल्लो विकासित घटनाक्रमलाई लिएर गम्भीरतापूर्वक लिने र उपयुक्त समयमा उपयुक्त धारणा बनाउने अध्यक्ष माधब नेपालले बताए । उनले अहिले पार्टीले ‘पर्ख र हेर’ को नीति लिने बताए ।
‘हाम्रो मोटिभ चाहिँ अहिले यो सरकारमा सहभागी नहुने हो, यो सरकारमा बसेर काम हुँदैन,’उनले भने ।
प्रतिक्रिया दिनुहोस्






















