जुम्ला । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत आज पहिलो चरणको सहयोग कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान, शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. राजिव शाहलाई नेपाली सेना श्री नम्बर २४ अड्डा बाहिनीका बाहिनीपति सहायक रथी यमबहादुर सापकोटाले हस्तान्तरण गरे ।
कोरना महामारीका कारणले जुम्ला अस्पतालमा समेत अक्सिजन अभाव भएपछि अफ्रिकाका एनआरएनहरुले सहयोग पठाएका हुन् । यी बिपतमा जुम्ला पुगेको पुगेको एनआरएनएको यो पहिलो राहत हो ।
यसका लागि आर्थिक सहयोग रुपारेलिया फाउन्डेसन युगान्डाले गरेको छ । साथै फ्रान्सबाट पत्रकार अनुराधा पौडेल , एनआरएनएका पुर्व कोषाध्यक्ष हिक्मत थापा , अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा र युगान्डाका पुर्व अध्यक्ष रमेश कंडेलको थप सहयोग गरेका छन् । सहयोगको संयोजन अफ्रिकाका एनआरएनएका सबै राष्ट्रिय समितिका लागि एनआरएनए एनसीसी युगान्डा र स्थानीय ब्याबस्थापन सहयोग नेपाली सेना २४ नम्बर अड्डा बाहिनीले गरेको थियो ।
प्रथम चरणको उक्त अक्सिजन सहितको ७० लिटरका दस थान सहयोग हस्तान्तरण गर्दै बाहिनीपति यामबहादुर सापकोटाले १० थान थप सिलिन्डर आउने क्रममा रहेको बताए । उनले कर्णालीको दुर्गम क्षेत्रका नागरिकलाई सहयोग गरेकोमा अफ्रिकाका सबै नेपाली , एनआरएनए र रुपारेलिया फाउन्डेसनलाई आभार ब्यक्त गरे ।
अस्पतालका निर्देशक डा । राजीव शाहले सिलिन्डरले कर्णालीका बिरामीलाई निकै राहत पुग्ने बताए । अब अस्पतालसङ्ग २१० सिलिन्डर हुने र एउटा सिलिन्डर जुम्ला आइपुग्दा ३० हजार रुपैयाँ पर्ने बताए । उनले अफ्रिकाका एनआरएनलाई धन्यवाद दिदै अस्पताललाई अझै थप सिलिन्डर र स्वास्थ्य उपकरणहरु आबश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्