images
images
  • महोत्तरी १ मा गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो निर्वाचित

    , काठमाडौं – महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् ।

    महतो नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

    महतोले २३ हजार ४०२ मत ल्याएर विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मत पाए । यस्तै, स्वतन्त्र उम्मेदवार पोषणबहादुर थापाले ७ हजार ८१२, जनमत पार्टीका राजकिशोर साहले तीन हजार ५९८, राष्ट्रिय स्वतन्त्र पार्टीकी खेमकुमारी भुर्तेलले दुई हजार ६४ मत पाइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images