images
images
  • बाजुरामा चेतनका हत्यारालाई कारवाहीको माग गर्दै सिठी फुकेर एमालेको प्रर्दशन

    बाजुरा- नेकपा एमाले बाजुराले त्रिवेणी नगरपालिका वडा नम्वर ७ का अनेरास्ववियुका नेता चेतन अयडीको विभत्स हत्यामा संलग्न रहेकाहरुलाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गर्दै मार्तडीमा सिठी फुकेर प्रर्दशन गरेको छ ।

    एमालेले सदरमुकाम मार्तडीमा शनिवार विरोध प्रदर्शन तथा धर्ना कार्यक्रमसहित सिठी फुकेर प्रशासनका विरुद्ध प्रर्दशन गरेको हो । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा बाजुराका प्रतिनिधि सभा सदस्यका उम्मेदवार कणर्बहादुर थापाको नेतृत्वमा एमालेका उम्मेदवारहरु लगायत नेता कार्यकर्ताहरुले मार्तडीमा सिठि फुकेर विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम गरेको हो ।

    प्रर्दशनका क्रममा चेतनकाका हत्यारालाई पक्राउ गर, बुथ कव्जा गरिएका १७ वटा ठाउँमा पुनः मतदान गर र शान्पिूणर् तरिकाले आन्दोलन गरिरहेका अनेरास्ववियुका ११ जना निर्दोषहरूलाई रिहाईको माग जस्ता नारासहित सिठि फुकेर प्रर्दशन गरेको हो ।

    नेकपा एमाले बाजुराले दिनप्रतिदिन आन्दोलन बढाइरहेको छ । जिल्लाका सबै पालिका र गाउँबाट युवा विद्यार्थी, महिला पुरुष सबैलाई बोलाएर माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ । शान्तिपूर्ण आन्दोलन गर्दा, भाषण सुनाउँदा, माग पत्र बुझाउँदा प्रमुख जिल्ला अधिकारी लगायतले नसुनेपछि सिटी जुलुस निकाल्नु परेको नेकपा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बताएका छन् ।

    काँग्रेस र प्रहरी प्रशासनले नेकपा एमाले बाजुरालाई कमजोर र निरही ठानेर कायरता प्रस्तुत नगर्न थापाले आग्रह गरेका छन् । बुथ कब्जा गर्ने काँग्रेसलाई संरक्षण दिने प्रहरी प्रशासनले मान्छे मार्नेलाई कारवाही गर, कब्जा गरिएका बुथको छानवीन सहीत पुनः मतदानको मिति तोक, सुरक्षा र क्षतिपूर्तिको ग्यारेन्टी गर भन्दा नसुन्ने अवस्था आएपछि सिटी जुलुस निकालेको एमाले नेताहरुको भनाई छ ।

    सिटी जुलुस पछिको जिल्ला प्रशासन कार्यालय अघि गरिएको धर्ना तथा विरोध सभामा नेकपा एमाले स्थायी कमिटी सदस्य थापाले मागहरु बारे गम्भीर नभए थप आन्दोलन चर्काउनु पर्ने अवस्था आएको बताएका छन् । मार्तडीमा उपस्थित नेता कार्यकर्ता मध्ये एकले पाँच जनालाई गाउँबाट बोलाएर १० हजार बढीले प्रहरी प्रशासन घेर्नुको विकल्प नरहेको बताएका छन् ।

    २०५१ सालदेखि नै बुथ कब्जा गर्ने, मतपेटीका कर्णालीमा बगाउने बद्री पाण्डेले सन्जीव अयडी र चेतन अयडीको जिम्मा लिनुको साँटो कोटामा चुप लागेर बसेकोमा आक्रोश पोखेका छन् । बाजुरामा नेकपा एमालेले शान्ति सुरक्षामा असर नपुगोस भनेर संयमता अपनाएको विषयलाई बाजुराका काँग्रेसले कमजोरी ठानेर हाबी हुन खोजेको भन्दै एमालेको वास्तविक रुप देखाउने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

    चेतन अयडीका आफन्तले २२ जनाका नाममा किटानी जाहेरी दिएका छन् । ती मध्ये अहिलेसम्म २ जनालाई मात्र प्रहरीले पक्राउ गरेको छ । बाजुरामा नेकपा एमालेले १६ र काँग्रेसले ८ स्थानमा बुथ कब्जा भएको उजुरी दिएका छन् । त्यसको छानवीनका लागि आयोगबाट टोली बाजुरा आइपुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images