images
images
  • रौतहट–४ को मतगणना सुरु, तीन वटा क्षेत्रमा अझै हुन सकेन गणना

    रौतहट – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत रौतहट क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । जनज्योति मावि चन्द्रनिगाहपुरमा मतगणना सुरु भएको हो ।

    रौतहटका बाँकी तीन वटा क्षेत्रमा भने अझै मतगणना सुरु हुन सकेको छैन । क्षेत्र नम्बर ४ अन्तर्गत सोमबार बिहान बसेको सर्वदलीय बैठकले गरेको निर्णय अनुसार मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    क्षेत्र नम्बर १ को जुद्व मावि गौर, क्षेत्र नम्बर २ को लौकाहा र क्षेत्र नम्बर ३ को जनता मावि कटहरियाको भवनमा मतगणना हुने तयारी भइरहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images