images
images
  • निषेधाज्ञा अवधिमा राती ९ देखि बिहान ४ बजेसम्म निर्माण सामग्री ढुवानी गर्न पाइने


    काठमाडौं। काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय जेठ ३१ सम्म थप गर्ने निर्णय भएको छ ।

    वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ ।

    निषेधाज्ञा अवधिभर काठमाडौं उपत्यकामा राती ९ बजेदेखि बिहान ४ बजेसम्म निर्माण सामग्रीको ढुवानी गर्न पाइने भएको छ ।

    बुधबार बसेको उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै ढुवानी गर्न दिने अनुमति दिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images