images
images
  • गोली लागेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानको सल्यक्रिया

    काठमाडौं – बिहीबार अज्ञात समूहको गोली लागेर घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको उपचार जारी रहेको बीबीसीले जनाएको छ । बीबीसी हिन्दीमा उल्लेख गरिए अनुसार गोली लागेर घाइते भएका खानको उपचार लाहोस्थित एक अस्पतालमा भइरहेको छ ।

    उपचारारात खानलाई भेट्न अस्पतालमा गएका पीटीआईका सिनेटर फैसल जावेदले इमरान खानको शल्यक्रिया गरिएको र उनी पहिलेभन्दा अहिले स्वस्थ भएको बताएका छन् ।

    फैसल जावेदले ट्विट गरेका छन्, ‘मैले इमरान खानलाई भेटेको छु। उनको शल्यक्रिया गरिएको छ र अहिले उनी स्वस्थ छन् । उनले आफ्नो देशको लागि अन्तिम साससम्म लड्ने सन्देश दिएका छन् ।’

    बिहीबार साँझ भएको यस हमलामा पीटीआई नेता फैसल जावेद आफैं घाइते भएका छन् ।

    फैसल जावेदले इमरान खानले शुक्रबार बैठक बोलाएको र त्यसमा आगामी रणनीतिबारे छलफल हुने जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images