images
images
  • सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का

    सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

    आइतबार बिहान ९ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।

    चार दशमलव छ रेक्टर स्केलको भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो।

    भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको धक्का बझाङको लेखगाउँ रहेको छ।

    भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images