images
images
  • भारतीयले गरेको विस्फोटबाट नेपाली बालकको मृत्यु

    दार्चुला । व्यास गाउँपालिका -२ तम्बाकुमा एक बालकको भारतीय विष्फोटले मृत्यु भएको छ ।

    भारतको लखिमपुरस्थित चट्टान फुटाउन प्रयोग गरिएको विष्फोटबाट उछुट्टिएको ढुङ्गा लागेर वडा नम्बर २ दुम्लिङका ९ वर्षीय पवन महराको मृत्यु भएको व्यास गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धिरनसिह बुढाथोकीले जानकारी दिए । ती बालक थि भन्ने ठाउँबाट कल्जुतर्फ आइरहेका थिए ।

    वडाध्यक्ष बुढाथोकीका अनुसार आज बिहान १० बजेतिर बुवा हिक्मत महराका साथमा छोरा पवन र छोरी घरतर्फ आइरहेका थिए । भारततर्फ गर्ग एण्ड गर्ग कम्पनीले चट्टानी भूभाग फुटाल्न विष्फोट गराउदा घटना घटेको बताइएको छ ।

    घटना स्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा प्रहरी खटिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images