काठमाडौं-एमाले अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी ओलीले भाइटीका लगाएका छन् । एमाले अध्यक्ष ओलीले भक्तपुरको बालकोटस्थित निवासमा दिदीबहिनीहरू विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट भाइटीका लगाएका हुन् ।