images
images
  • अप्रिलबाट कोभिड १९ को शून्य मृत्यु

    अप्रिलदेखि हालसम्म कोभिड–१९ सङ्क्रमणबाट कसैको कम्बोडियामा मृत्यु नभएको प्रधानमन्त्री सम्देच टेको हुनसेनले शुक्रबार बताएका छन् । ‘यो एक सफलता हो र कोभिडविरुद्धको लडाईमा हाम्रो संयुक्त प्रयासको परिणाम हो’ उनले भनेका छन् ।

    उनले प्रख्यात अङ्कोर पुरातात्विक निकुञ्जबाट आफ्ना गैरकानुनी भवनहरू सार्न सहमत भएका हजारौं परिवारको भ्रमणका क्रममा गर्का सम्बोधनमा सो कुरा बताएका हुन् ।

    दक्षिणपूर्वी एसियाली यस राष्ट्रमा जुनको अन्त्यदेखि दैनिक केसहरू फेला परेका भए तापनि शुक्रबार पहिलो पटक कोभिड १९ सङ्क्रमित शून्य भएको जनाइएको छ । ‘आज, कम्बोडियामा कोभिड १९ सङ्क्रमित एक जना पनि फेला परेन ’ हुनसेनले बताएका छन् ।

    यद्यपि अझै कोभिड–१९ बाट मुक्त नभएको र यहाँ अझै ५३ सक्रिय सङक्रमित रहेका कम्बोडियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नोमपेन्हमा रहेको एशियन भिजन इन्स्टिच्युटका अधिकारी थोङ मेङडाभिडले महामारीको लडाइमा सफलताको श्रेय राज्यको बलियो नेतृत्व र उच्च खोप दरलाई दिइएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images