बझाङ-बझाङको मष्टामा आज जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मस्टा १ औला चौका तुफानडाँडामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । जीप सडकबाट २०० मिटर तल खसेको छ ।
‘हामी भर्खरै घटनास्थलमा आइपुगेका छौँ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले भने, ‘५ जनाको शव निकालेका छौँ । घाइतेहरुलाई अस्पताल पठाइरहेका छौँ । विस्तृत विवरण अहिले दिन सक्ने अवस्था छैन ।’
जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । डीएसपी भण्डारीकाअनुसार जीप टुक्राटुक्रा भएका कारण नम्बर प्लेट समेत भेटिएको छैन । अहिले घाइतेहरुको उद्दार गर्ने क्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस्




















