काठमाडौं । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले आफ्नो छोटो कार्यकालमा गरेका आर्थिक निर्णयका लागि माफी मागेकी छन् ।
ट्रसले सोमबार स्थानीय सञ्चार माध्यमका प्रतिनिधिसँग कुरा गर्दै भनिन्, ‘मैले गरेका सबै गल्तीका लागि माफी माग्छु, तर पद छाड्दिनँ ।’
नागरिकहरूलाई उनीहरूको ऊर्जा बिल उच्च रहेकोले घटाउने उद्देश्य राखेर निर्णय गरेको उनले स्पष्ट पारिन् । नागरिकलाई सघाउने गरी निर्णय गरिए पनि त्यो अलि तीब्र गतिमा गरिँदा गलत सावित भएको उनको स्वीकारोक्ति थियो ।
यसैबीच सोमबार बेलायतमा अर्थमन्त्री जेरेमी हन्टले सेप्टेम्बरको मिनी बजेटमा गरिएका प्रधानमन्त्री लिज ट्रसका सबै घोषणालाई उल्ट्याएका छन् । खारेज गरिएका मिनी बजेट प्रावधानहरूमा नागरिकको विद्युत् महसुल घटाउन छुट दिने योजना पनि समावेश छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















