images
images
  • डुङ्गा डुब्दा आठ बालबालिकाको मृत्यु

    कम्बोडियामा अंग्रेजी कक्षाबाट घर लैजाँदै गरेको डुङ्गा मेकोङ नदीमा डुब्दाँ कम्तीमा आठ बालबालिकाको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका प्रहरीले शुक्रबार जनाएको छ ।

    सानो डुङ्गामा क्षमता भन्दा बढी व्यक्ति सवार रहेको कारण दक्षिणपूर्वी कान्डल प्रान्तमा आफ्नो गन्तव्यबाट करिब ५० मिटर टाढा डुबेकोस्थानीय प्रहरी प्रमुख एम थाउले एएफपीलाई बताएका छनू ।

    ‘यो दुखद दुर्घटना आठ विद्यार्थीको मृत्यु भएको छ र तीन विद्यार्थीहरू पानीमा डुबेर बेपत्ता छन् ’ थाउले भनेका छनू। पीडितहरू १२ देखि १५ वर्षका रहेका जनाइएको छ । दुई वयस्क ,डुङ्गा सञ्चालक र दुई विद्यार्थीको उद्धार गरिएको उनले बताएका छनू ।

    एक फेसबुक पोस्टमा, प्रधानमन्त्री हुनसेनले आफ्नो शोक व्यक्त गर्दै मेकोङको बढेको भारी बाढीको समयमा मानिसहरूलाई सतर्क रहन आग्रह गरेका छनू ।डुङ्गा दुर्घटनाहरु दक्षिणपूर्वी एसियाली राष्ट्रहरूमा सामान्य छन्् । नदीको किनारमा बस्ने मानिसहरू यातायातको प्रमुख साधनको रुपमा डुङ्गा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images