images
images
  • एमाले नेतृ गंगा चौधरीले दाङ १ मा स्वतन्त्रबाट उमेद्वारी दर्ता

    दाङ-नेकपा एमालेकी नेतृ गंगा चौधरीले दाङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्वतन्त्रबाट उमेद्वारी दर्ता गरेकी छन्।

    नेकपा एमालेबाट चुनाव लड्ने इच्छा व्यक्त गरेकी चौधरीलाई एमालेले टिकट नदिएपछि स्वन्तन्त्र उमेद्वारी दर्ता गराएकी हुन्।

    ‘जनता भगवान हुन् जनता नै सर्वोपरि हुन् देशलाई शिरमा राखेर स्वतन्त्र उम्मेदवार भई जनताको विचमा आएकी छु संसदमा रहंदा देश र जनताको पक्षमा आवाज बुलन्द गरे अब फेरी संसदमा जनताका आवाज बनेर गुञ्जन चाहन्छु उमेद्वारी दर्ता पछि चौधरीले संचारकर्मीसंग भनिन।

    दाङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागी गठबन्धनबाट शहरी बिकास मन्त्री मेटमणि चौधरी र एमालेबाट शान्ता चौधरी उमेद्वार छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images