images
images
  • तिन दर्शकदेखि देशको निरन्तर राइँदाइँः फेरि उम्मेदवार बन्दै यी नेता

    काठमाडौं– इलाम– १ मा एमालेले २०४८ सालयताका हरेक निर्वाचनमा झलनाथ खनाललाई उम्मेदवार बनाएको थियो । अहिले नेकपा ९एकीकृत समाजवादी०का सम्मानित नेता खनाल सोही क्षेत्रबाट उम्मेदवार हुँदै छन् ।

    झलनाथ खनालले जस्ता २०४८ सालदेखि अहिलेसम्म हरेक निर्वाचनमा उम्मेदवार हुनेमा नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि हुन् । उनी डडेल्धुराबाट हरेक निर्वाचनमा उम्मेदवार भएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली पनि २०४८ सालदेखि हरेक निर्वाचनमा उम्मेदवार भएका छन् । झापामा ६ वटा निर्वाचन क्षेत्र भएको समयमा झापा– ६, ५ वटा निर्वाचन क्षेत्र भएको समयमा झापा– ५ तथा ७ वटा निर्वाचन क्षेत्र रहेको समयमा झापामा ओलीको उम्मेदवारी थियो । झापाका सुरुआती ३ वटा संसदीय निर्वाचनमा ६ वटा निर्वाचन क्षेत्र थिए भने संविधानसभामा ७ तथा अहिले ५ वटा निर्वाचन क्षेत्र छन् ।

    हरेक निर्वाचनमा उम्मेदवार हुने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र विजयकुमार गच्छदार पनि हुन् । पौडेल २०४८ सालमा तनहुँ– १ मा उम्मेदवार भएका थिए। त्यसपछिका हरेक निर्वाचनमा तनहुँ–२ बाट निर्वाचित हुँदै आएका उनी त्यस जिल्लामा ३ बाट घटाएर २ वटा निर्वाचन क्षेत्र मात्र कायम गरिएपछि तनहुँ– १ बाट उम्मेदवार भएका थिए।

    पछिल्लो निर्वाचनमा भने एमाले उम्मेदवार किसन श्रेष्ठसँग पराजित भएका थिए पौडेल । हाल एकीकृत समाजवादीमा भएका श्रेष्ठले पौडेललाई समर्थन गर्ने बताइसकेका छन्। गच्छदार भने फरक क्षेत्रमा उम्मेदवार छन् । २०४८ सालमा सुनसरी– २ उनको निर्वाचन क्षेत्र थियो।२०६४ सालयता उनी सुनसरी–३ मा उम्मेदवार हुँदै आएका छन्। २ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार हुने क्रममा गच्छदार २०६४ सालको संविधानसभा निर्वाचनमा सुनसरी–३ र मोरङ– ७ मा उम्मेदवार भएका थिए।

    सो समयमा उनी मधेसी जनाधिकार फोरमबाट निर्वाचित भएका थिए। उनी दोस्रो संविधानसभा निर्वाचनमा मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक०बाट उम्मेदवार भएका थिए। २०७४ सालमा नेपाली कांग्रेसबाट उम्मेदवार भएका उनी अहिले पनि सुनसरी– ३ बाटै सिफारिस भएका छन् ।यसैगरी राजेन्द्र महतोले विभिन्न पार्टी र विभिन्न दलका नेताका रूपमा सर्लाही र धनुषामा उम्मेदवार भएका छन्। २०४८ र २०५१ सालमा महतो सर्लाही– २ मा नेपाल सद्भावना पार्टीबाट उम्मेदवार भई पराजित भएका थिए। २०५६ सालमा भने उनी त्यस क्षेत्रबाट विजयी भए । पार्टी नेता गजेन्द्रनारायण सिंहको निधन भएपछि महतो नेपाल सद्भावना पार्टी ९आनन्ददेवी०मा संलग्न भएका थिए।

    २०६४ सालमा सर्लाही– ४ मा जित हात पारेका उनी २०७० सालमा सोही निर्वाचन क्षेत्रमा पराजित भए। २०७४ सालको निर्वाचनमा महतो धनुषा–३ मा राजपाका उम्मेदवारका रूपमा विजयी भएका थिए । यस पटक उनी लोसपाको प्रतिनिधित्व गर्दै उम्मेदवार हुँदै छन्।

    २०४८ सालदेखि हरेक निर्वाचनमा उम्मेदवार हुने नेतामा वामदेव गौतम पनि हुन् । २०४८ र २०५१ सालमा बर्दिया– १ मा उम्मेदवार भएका गौतम विजयी भए पनि २०५६ सालमा पराजित भएका थिए। २०६४ सालमा सोही क्षेत्रमा उनी पराजित भएका थिए। २०७० सालको संविधानसभा निर्वाचनमा बर्दिया र प्युठान– १ बाट उम्मेदवार भएका गौतम दुवै क्षेत्रमा विजयी भएका थिए । २०७४ सालमा गौतम बर्दिया– १ बाट पराजित भएका थिए।यसैगरी २०४८ सालदेखि उम्मेदवार हुने नेतामा लोसपामा महन्थ ठाकुरसमेत रहेका छन् । सुरुआती दिनमा उनले नेपाली कांग्रेसको राजनीति गर्दै सर्लाही–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । पहिलो संविधानसभा निर्वाचनमा भने उनी तराई मधेस लोकतान्त्रिक पार्टीका नेता थिए।

    सोही पार्टीको प्रतिनिधित्व गर्दै उनी महोत्तरी– ३ बाट गत निर्वाचनमा विजयी भएका थिए । यस अगाडिका २ वटा निर्वाचनमा भने उनी पराजित भएका थिए । २०४८ सालयता उम्मेदवार हुँदै पराजित हुनेमा शरदसिंह भण्डारी पनि हुन्। उनी पनि फरक पार्टीको प्रतिनिधित्व गरेका छन्। भण्डारी २०४८ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महोत्तरी–५ मा उम्मेदवार थिए। २०५१ सालमा उनी नेपाली कांग्रेस प्रवेश गरे पनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार विजयी भएका थिए।२०५६ सालमा कांग्रेसबाटै निर्वाचित भण्डारी कांग्रेस छाडेर मधेसी जनाधिकार फोरममा आवद्ध थिए। २०६४ सालमा उनी महोत्तरी– २ मा पराजित थिए भने अर्को निर्वाचनमा मधेसी जनाधिकार फोरमबाट महोत्तरी– १ मा उम्मेदवार भए पनि पराजित भएका थिए।

    उनी २०७० सालमा मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०बाट महोत्तरी– २ बाट निर्वाचित भएका थिए। पछिल्लो पटक उनी महोत्तरी–२ बाट राजपाको प्रतिनिधित्व गर्दै सांसद भएका हुन् । नेकपा एसका विरोध खतिवडा र एमालेका विष्णु पौडेल पनि यस सूचीमा छन्। खतिवडा २०४८ सालयता २०६४ सालमा मात्र उम्मेदवार भएका छैनन् । उनी जति पटक उम्मेदवार बनेका छन्, हरेक पटक विजयी भएका छन्। त्यसो त उनी २०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा जनपक्षीय उम्मेदवार भए पनि पराजित भएका थिए । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल धेरै उम्मेदवार हुने नेताको रूपमा परिचित छन्। २०४८ सालमा धनुषा–३ मा पराजित पोखरेल २०५१ सालको मध्यावधि निर्वाचनमा उम्मेदवार नभए पनि त्यसपछि भएको उपनिर्वाचनमार्फत संसद्मा प्रवेश गरेका थिए।

    २०६४ सालयता उनी काठमाडौं– ३ हुँदै दोस्रो संविधानसभापछि काठमाडौं– ५ मा उम्मेदवार हुँदै आएका छन्। धनुषाका रामचन्द्र झाले एमालेबाट ६ वटा निर्वाचनमा सहभागिता जनाएका थिए । त्यसपछि उनी माओवादी केन्द्र, नयाँ शक्ति, माओवादी हुँदै अहिले एकीकृत समाजवादीमा आवद्ध छन् । लामो समय निर्वाचन लड्ने विष्णु पौडेल पनि हुन्। स्याङ्जका उनले बहुदलपछि पाल्पा–३ लाई आफ्नो निर्वाचन क्षेत्र बनाएका थिए। पछिल्लो समय उनी रुपन्देही– २ लाई आफ्नो निर्वाचन क्षेत्र बनाउँदै आएका छन्।२०४८ सालदेखि उम्मेदवार भएका यी सबैले अहिले पनि उम्मेदवार हुने चाहना राखे पनि २०४८ सालदेखि भक्तपुर–१ मा विजयी नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छे भने यस पटक उम्मेदवार नहुने भएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images