images
images
  • कपन आगलागीमा तीन जनाको मृत्यु

    काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–१० स्थित इलाइट हिमालयन एडभेन्चर प्रालिमा बुधबार आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । स्थानीय टंक घिसिङको घरमा अचानक आगो फैलिएको जनाइएको छ । घरको माथिल्लो तलामा रहेकाको भने उद्धार गरिएको छ ।

    बुधबार राति साढे ९ बजे यो समाचार तयार पार्दासम्म आगलागी नियन्त्रणमा आउने सकेको थिएन । राम मन्दिरनजिकै रहेको ट्रेकिङ एजेन्सी कार्यालयमा रहेको अक्सिजन सिलिन्डर पड्किएर आगलागी भएको बताइएको छ ।

    आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले पुष्टि गरे । उनका अनुसार मृतक पहिचान समाचार तयार पार्दासम्म हुन सकेको थिएन । घटनास्थल साँघुरो गल्ली भएका कारण दमकल जानसमेत अप्ठ्यारो हुने किसिमको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images