images
images
  • भारतविरुद्धको ‘ऐतिहासिक जित’ बारे यस्तो भन्छिन् कप्तान एन्जिला सुब्बा

    काठमाडौं-भारतविरुद्धको ऐतिहासिक जितपछि कप्तान तथा गोलरक्षक एन्जिला तम्बापो सुब्बाले प्रतिक्रिया दिएकी छन् ।

    उनले भारतविरुद्धको जितमा साथ दिने सम्पूर्णलाई धन्यवाद दिँदै महत्वपूर्ण खुड्किलो पार गर्न बाँकी नै रहेको बताएकी छन् ।

    ‘यस ऐतिहासिक जितका लागि सम्पूर्णमा बधाई तथा धन्यवाद, महिला टिमलाई साथ सहयोग र हौसला दिने सम्पूर्णप्रति आभारी,’ एन्जिलाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘विशेष उपस्थित दर्शकलाई धन्यवाद ।

    अझै हाम्रो लक्ष्य पार गर्न एक खुड्किलो बाकी छ, साथ र सहयोग अपेक्षा गर्छौं ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images