images
images
  • साफमा इतिहास भारतको पहिलो हार, बंगलादेशको सहज जित

    काठमाडौं- महिला साफ च्याम्पियनसिपको इतिहासमा फुटबलमा भारतले पहिलोपटक हार व्यहोरेको छ ।

    दशरथ रंगशालामा सम्पन्न छैठौं संस्करणको साफ च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा भारतलाई ३-० को नतिजामा पराजित गर्दै बंगलादेश समूह ए को विजेता बनेको छ

    बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरेकी थिइन् । श्रीमोती सरकारले पनि एक गोल प्रहार गरेकी थिइन् ।

    साविक विजेताविरुद्ध १२औं मिनेटमा बंगालदेशकी सोप्नाले, सरकारले २२औं मिनेटमा र ५३औं मिनेटमा सोप्नाले दोस्रो गोल गरेकी थिइन् । जवाफमा भारतले कुनै पनि गोल फर्काउन सकेन ।

    समूह विजेता बनेको बंगलादेशले समूह ए मा ३ खेलमा ९ अंक जोडेको छ । भारत ३ खेलमा ६ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । सेमिफाइनलमा बंगलादेशले भुटानको सामना गर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images