images
images
  • सन्दीप लामिछानेले नाबालिगलाई पटकपटक बलात्कार गरेको जाहेरी: काठमाडौं प्रहरी

    काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा किटानी जाहेरी परेको जनाएको छ । परिसरले बुधबार विज्ञप्ति निकालेर लामिछानेविरुद्ध १७ वर्षीया बालिकालाई बलात्कार गरेको किटानी उजुरी परेको जनाएको हो ।

    जाहेरी परेलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा बालिकाको स्वास्थ्य परीक्षण गराइएको जानकारी दिएको काठमाडौं प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दिप लामिछानेले मिति २०७९/०५/०५ गते काठमाण्डौ र भक्तपुरको बिभिन्न स्थानहरुमा लगी काठमाडौँ ल्याई रातको अं. २३ः५५ बजे का.जि.का.म.न.पा. ९ स्थित एक होटलको कोठा नं. ३०५ मा मिति २०७९/०५/०६ गते रातको अं. ००ः२५ बजे पटक पटक जबर्जस्ती करणी गरेको लगायत उल्लेख गरी मिति २०७९।०५।२१ गते प्रहरी बृत्त, गौशालामा जाहेरी परेको छ ।’

    अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    नाबालिकाको स्वास्थ्य परिक्षण गरियो, थप अनुसन्धान हुँदै
    जिल्ला प्रहरी परिसर काठमाडौंले कप्तान लामिछानेमाथि बलात्कारको आरोप लगाउने नाबालिकाको स्वास्थ्य परिक्षण गरिएको जनाएको छ ।

    नाबालिकाले मंगलबार प्रहरी वृत्त गौशालामा लामिछाने आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी थिईन् । त्यसपछि प्रहरीले उनको स्वास्थ्य परिक्षण गरेको हो ।

    ‘प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा लगी विस्तृत स्वास्थ्य परीक्षण गराइएको,’ जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images