images
images
  • प्रहरी हिरासतमा रहेका शुरक्षागार्ड गुरूङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं- पर्यटनमन्त्री  जीवनराम श्रेष्ठलाई लाइन बस्नु भनेका कारण हिरासतमा पुगेका भिएसएफका शुरक्षागार्ड शेरजंग गुरूङलाई हिरासतमुक्त गर्न गृहमन्त्रीले निर्देशन दिएका छन् ।

    गृहमन्त्री खाणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई प्रक्रिया पु¥याएर गुरूङलाई रिहा गर्न निर्देशन दिएको गृहमन्त्रीका प्रेस संयोगक मधुसुदन भट्टराईले बताए ।

    क्यानडाको भिसा प्रोसेसिङका लागि हिजो ठमेलस्थित छायाँसेन्टरमा पुगेका मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा उल्टै उनीमाथि दुर्व्यवहारको आरोप लागेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images