images
images
  • सेयर बजारमा ६.६८ अंकको सुधार

    काठमाडौं- सेयर बजारमा सुधार आएको छ । आज आइतबार हप्ताको पहिलो कारोबारको दिन सेयर मापन गर्ने सूचक ६.६८ अंकले बढेर परिसूचक १९७७.३० विन्दुमा रोकिएको छ ।

    २२७ कम्पनीको २८ लाख ७६ हजार २ सय ८८ कित्ता सेयर १ अर्ब ७ करोड १६ लाख १५ हजार ९ सय २२ रुपैयाँमा किनबेच भएको छ ।

    कारोबारमा बैंकिङ समूहको उपसूचक १.५५, व्यापार ४.९३, विकास बैंक ५५.२४, जलविद्युत २१.५२, जीवन बिमा ४६.१९, माइक्रोफाइनान्स २१.६ र र्निजीवन बिमा १४७ अंकले बढेको छ ।

    आज सेयर बजारमा सुधार आएको दिन रु रु जलविद्युत परियोजना, हिमालयन एभरेष्ट इन्स्योरेन्स, जोशी हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनी, युनाइटेड इन्स्योरेन्स कम्पनी, अप्पर हेवा खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन ।

    त्यस्तै, सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्था, सोल्टी होटल, नेपाल दुरसञ्चार कम्पनी, माहुली लद्युवित्त वित्तिय संस्था, राधी विद्युत कम्पनीका लगानीकर्ताले घुमाएका छन् ।

    कारोबार रकमको आधारमा सबैभन्दा पहिलो स्थानमा रिडी पावर कम्पनी रहेको छ । दोस्रो र तेस्रो स्थानमा क्रमश नेपाल दुरसञ्चार कम्पनी र नबिल बैंक रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images