images
images
  • कुँवर नेतृत्वको एनआरएनएले एनसीसी विस्तार आक्रमक: अमेरिकाकाे अध्यक्षमा लम्साल (कार्यसमितिकाे नामसहित)

    काठमाडौं– संस्थापन पक्षकाे एनआरएनएहरु एकपछि अर्काे विवादमा फसि रहेकाे छ । जम्वाे एनआरएनए आसिसी टिम भएकाे भन्दै एनआरएनएमा धेरै कार्यसमितिका सदस्यहरु रुष्ट छन् ।

    उता विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले चुपचाप आफ्नाे कार्यक्रमलाई तिव्रता दिएकाे छ ।  आफ्ना एनसीसीलाई तिव्रता दिएकाे छ । कुबँर नेतृत्वकाे एनआरएनएले एनसीसी अमेरिकामा सूर्य लम्साल नेतृत्वमा ३७ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

    received 441934947913932शनिबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच एनआरएनए (आसिसी) अध्यक्ष विनोद कुँवर र एनसिसी अमेरिकाका नवनिर्वाचित अध्यक्ष लम्सालबीच १० बुँदे समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ ।

    उक्त कार्यक्रममा संरक्षक सोनाम लामा र सल्लाहाकार श्याम तमाङ लगाएतकाे उपस्थिति थियाे । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको ३७ सदस्यीय तदर्थ सदस्यीय समिती गठन भएको छ। अध्यक्ष सुर्य लम्साल, वरिष्ठ उपाध्यक्ष ज्ञानु थापा लगायत ३७ सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन् ।

    IMG 20220903 212843 rotatedकुँबर  नेतृत्वको कार्यसमितिले यसअघि साउदी अरब, ओमान, क्यानडा, क्रोयसिया, कतार लगायतका आधा दर्जन देशमा एनसिसीहरू गठन गरिसकेको छ ।

    केही समयभित्र १ दर्जन वढि देशहरुमा संगठन विस्तारकाे तयारीमा रहेकाे अध्यक्ष कुँबरले विश्व खवरलाई बताए । अहिले विश्वभरका एनआरएनएहरु हाम्राे पक्षमा रहेकाे बिस्तारै माहाेल बन्दै गएकाे अध्यक्ष कुँबरले भने ।IMG 20220903 213003IMG 20220903 213042

    प्रतिक्रिया दिनुहोस्
    images
    images