काठमाडौं– २०७९ साल सुुरु भएसँगै सेयर बजार राताम्मे बनेको छ । यस सालको सुरुको कारोबार बैशाख ४ गते भएको थियो । त्यस दिन सूचक २९.५९ अंकले घटेर २३८५.६५ विन्दुमा पुुगेको नेप्से परिसूचक हिजो साताको अन्तिम कारोबारको दिन शुक्रबार (२०७९ भदौ १७) मा १९७०.६२ बिन्दुुमा छ ।
यस अबधीभर बजारमा निकै उताब चढाब देखिएता पनि समग्रमा हेर्दा सेयर बजारमा गिरावट देख्न सकिन्छ । यसैबिच नेप्से परिसूूचक बढेर २४२०.९७ विन्दुमा पुुगेपनि घट्ने क्रमभने कम देखिएको छैन । उक्त अबधीमा नेप्से परिसूचक १८४८.२८ सम्मको विन्दुुमा झरेको छ ।
हाल बजार बढ्नलाई आधारभूत पक्षहरु सकारात्मक बनेको छैन । बजार यति लामो समयदेखि किन घटिरहेको छ र यसलाई रोक्न के कस्ता पहलहरु गरिएको छ । यस्तै विषयमा केन्द्रित रहेर हामीले कुराकानी गर्दा लगानीकर्ताहरुको भनाइ यस्तो छ ।
लगानीकर्ताहरुको भनाइ जस्ताको त्यस्तैः
लगानीकर्तासँग पर्याप्त मात्रामा पुँजी छैन
छोटेलाल रौनियार, अध्यक्ष, नेपाल इन्भेस्टरर्स फोरम

तस्बिर- निजको फेसबुकबाट
अहिले बजारमा तरलता अभावका कारण जन मनोविज्ञान कमजोर भएको छ । त्यसैले सेयर बजार घटेको हो । तरलता अभाव समस्या कम भएसँगै बजार बढ्छ ।
यति बेला सेयर तथा घर जग्गालाई ऋण कम दिएको छ । ३२ सय (३२००) इन्डेक्स झरेर १९ सय (१९००) मा रोकिएको छ । सेयर बजारमा आएको गिरावटका कारण लगानीकर्ताको सम्पति ५० प्रतिशत घटिसकेको छ । जसले गर्दा सबै लगानीकर्ताहरुको मनोबल कमजोर भइरहेको छ ।
सेयर बजार घट्नुको मूख्य कारण पुँजी नहुनु पनि हो । अहिले लगानीकर्तासँग पर्याप्त मात्रामा पुँजी छैन । बैंकहरुले पनि कर्जा दिएको छैन त्यसका साथै बैकंको कर्जा ब्याजदर पनि बढेको छ । यस बाहेक रेमिट्यान्स पनि घटेको छ ।
सेबोन, नेपाल राष्ट बैंक र अर्थ मन्त्रालयबाट नकारात्मक कुराहरु आइरहेको छ । वित्तिय साक्षरता बढ्यो साथै, मार्जिन ट्रेडिङ्गका कुरा आयो । यसै बिच सकारात्मक काम हुने कुनै निश्चित नीति भने आएन ।
बजारमा सकारात्मक कुरा आयो र निश्चित नीति बन्यो भने सेयर बजार राम्रो हुन्छ । अब दशै नजिकिदैँ छ । बोनस आउनुको साथै लिक्युडिटी पनि सहज हुन्छ । बैंकले ब्याजदर कम गर्यो भने सेयर बजार सकारात्मक हुन्छ । विदेशमा भएका ६० लाख नेपालीको १० प्रतिशत आरक्षण सेयर आउने कुरा छ । १० प्रतिशत आरक्षण सेयर आयो भने पनि बजार राम्रो हुन्छ ।
यति बेला बजार धेरै घटिसकेको छ त्यसैले अब घट्ने ठाउँ छैन । अहिले जबरजस्ती घटिरहेको छ । कारोबार पनि घटिरहेको छ । अब अर्को हप्ता भने बजारमा सुधार आउने सम्भावना धेरै रहेको छ ।
यर्थाथमा भन्ने हो भने यतिबेला सेयरमा लगानी गर्ने ठूलो अवसर हो । लगानीकर्तालाई यतिबेला सेयरमा लगानी गर्दा २५ प्रतिशत जति जोखिम छ । तर ७५ प्रतिशत ढुक्क भएर लगानी गर्न मिल्छ । यति बेला सेयर बजार घटेपनि दीर्घकालीन रुपमा बढ्छ ।
कोर क्यापिटलको ४० प्रतिशत मात्र सेयर धितो लिन पाईन्छ
राधा पोखरेल, अध्यक्ष, नेपाल पुँजी बजार लगानीकर्ता संघ

तस्बिर- निजको फेसबुकबाट
बजारमा पुँजीको अभाब छ साथै डीपीहरु राम्रो बन्न सकेको छैन् । सेयर बजारमा ४/१२ को व्यवस्था गरेको थियो । ४ हटाइयो भने १२ अहिलेसम्म पनि यथावत नै छ । एक जना लगानीकर्ताले ३०/४० करोड ऋण लिएको थियो भने पनि १२ करोडमा झर्न पर्यो । यस्तो स्थितिले गर्दा बजार निरन्तररुपमा घटिरहेको छ ।
जबसम्म लिक्युडिटी अलि सहज हुँदैन् बैंकमा पैसा पर्याप्तरुपमा हुदैन् तब सम्म बजार यस्तै हुन्छ । अहिले बैंकले ऋण दिएको छैन् । बजारमा भएको पुँजीपनि बैंकहरुले नै मागिरहेको छ । विभिन्न बैंकले मुद्दति खाताको योजना ल्याएर बजारमा भएको पुँजी तानिरहेको छ । जसले गर्दा मान्छेहरुले मुद्दतिमा पैसा राख्न थालेका छन् ।
सेयर बजारलाई मार्जिनको कुराले पनि च्यापी रहेको छ । सगँसगै सेयर धितोले पनि प्रभाव पारेको छ । बैंकमा राखेको कोर क्यापिटलको ४० प्रतिशत मात्र सेयर धितो लिन पाईन्छ । त्यो भइसकेपछि पनि १२ को ब्यवस्था लगाइएको छ ।
हामीले १२ को व्यवस्थालाई हटाउँन पहल गरिरहेका छौँ । त्यसपछि सेयर बजार चारैतिरबाट खुल्ला हुन्छ । साथै बजारमा सकारात्मक परिर्वतन आउने छन् ।
बजारमा नकारात्मक कुरा फैलिएको छ
तारा प्रसाद फुलेल, उपाध्यक्ष, नेपाल पुँजी बजार लगानीकर्ता संघ

तस्बिर- निजको फेसबुकबाट
बैंकले ठूलो रमकको ऋण नदिएको कारण सेयर बजार घटेको हो । यति बेला साना २५ लाख सम्मको रकम मात्र दिएको छ । अर्कोतर्फ, अब डिबिडेन्ट दिने बेला भयो । मंसिर ४ गते निर्वाचन हुदैँछ । अगाडिको इतिहास हेर्ने हो भने निर्वाचनको समयमा जहिले पनि लिक्युडिटी सहज हुने देखिन्छ । अर्को कुरा बजार न्यून बिन्दुमा आइसकेपछि अब बजार फर्किनु पर्छ । तर कहिलेबाट फर्किन्छ भन्ने कुरा हो । सम्भावता अब अर्को साताबाट बजारमा सकारात्मक परिवर्तन हुनुपर्छ भन्ने मलाई लाग्छ ।
यो भन्दा अगाडि कतिपय नियम तथा नीतिका कारण कमि कम्जोरी भएको थियो । अहिले धितो पत्र बोर्डको अध्यक्ष ज्यूले राम्रो काम सुरु गर्नु भएको छ । उहाँले लिएको निर्णय अनुसार समयमा नै फत्ते हुने हो भने बजार धेरै राम्रो हुन्छ ।
अहिले बजारमा नकारात्मक कुरा फैलिएको छ । नेपालको अर्थतन्त्र श्रीलंकाको स्थितिमा पुुग्छ भन्ने मान्यता सबैमा छ । जसले गर्दा बैंकले ठूलो रकमको ऋण दिन बन्द गरेको छ । त्यसैले सेयर बजारमा गिरावट आएको हो । अरु सबै सकारत्मक नै छ ।


विश्व खबर 


















