पाकिस्तान– पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घन्टामा १९ जनाको मृत्युु भएको छ भने एक हजार २५६ घाइते भएका छन् ।
केही दिनदेखि भारी वर्षा भएको भएको कारण यहाँका सडक क्षति पुगेको जसका कारण रेलका लिगहरु बिग्रिएका छन् ।
यसबाट हुन गएको रेलको दुर्घटनामा परी गएको २४ घन्टा यतामात्र कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ । यहाँको विपद् व्यवस्थापन प्राधिकरणले सो कुराको जानकारी दिएको छ ।
भारी वर्षा र बाढीले पाकिस्तानमा ठूलो जनधनको क्षति हुन पुगेको छ । यहाँका एक हजारभन्दा बढी व्यक्तिको बाढीबाट ज्यान गएको छ भने अरु हजारौँ जना घाइते भएका छन् ।
बाटो, विजुलीलगायतका भौतिक पूर्वाधारमा पनि यहाँको बाढी र पहिरोले क्षति पु¥याएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















