बाँके– अर्थ मन्त्री जनार्दन शर्माले बाँकेका खडेरी पीडितलाई लक्षित गरेर छिट्टै विशेष राहत प्याकेज ल्याइने बताएका छन् ।
नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आज बिहान मन्त्री शर्मालाई नरैनापुरमा लामो समयसम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबालीमा क्षति पुगेकोबारे जानकारी गराएका थिए ।
पालिकाले सुख्खाग्रस्त क्षेत्र घोषणा गरे पनि संघीय र प्रदेश सरकारले चासो नदेखाएको प्रति चिन्ता व्यक्त गर्दै राहातको पहल गर्न उनले मन्त्री शर्मालाई आग्रह गरेका थिए ।
मन्त्री शर्माले भारतीय सीमासंग जोडिएको नरैनापुरका नागरिकलाई शिक्षा र स्वास्थ्यमा पहुच बढाउन केन्द्रीय सरकारबाट पहल गरिने बताउदै सुख्खा ग्रस्त क्षेत्रका लागि विशेष प्याकेज ल्याउने बताए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















