images
images
  • झापा ३ प्रदेश ‘क’ मा माओवादी केन्द्रबाट डिल्लीराम घिमिरेको उम्मेदवारी घोषणा

    काठमाडौं- आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट झापा क्षेत्र नं ३ प्रदेश ‘क ‘ मा डिल्लीराम घिमिरे ‘हिक्मत’ ले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    २०५३ देखि अनेरास्ववियु (क्रान्तिकारी) बाट राजनैतिक जीवनको यात्रा सुरु गरेका घिमिरेले २०५६ को स्ववियु निर्वाचन स्थानीय चुनाव र संसदीय चुनावहरूको निर्वाचन कमान्ड सम्हालेर चुनावी रणनीति र कार्यनीतिको ज्ञान हासिल गरेका छन् ।

    विद्यार्थी आन्दोलनमा २०५९ मा ६ महिना जेल जीवन, २०५८ मा नेकपा माओवादी पार्टी जिल्ला सदस्य, पुष १३ मा जनयुद्धको क्रममा गिरफ्तार भई ०५९ चैतमा रिहा भै फेरि जन आन्दोलन कै समय ०६२ मंसिरमा गिरफ्तार भै ०६३ जेष्ठ मा रिहा भएका थिए । साथै ०६३ मा वाईसिएल नेपालको केन्द्रीय सदस्य , ०६५ मा केन्द्रीय सचिवालय सदस्य र कोचिला राज्य अध्यक्ष भएर राजनैतिक अनुभव र ज्ञान हासिल गरिसकेका छन् । साथै सामाजिक कार्य र बिकासमा पनि सक्रियरहदैँ आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images