images
images
  • झापा जिल्लाको ओली र बालेन उम्मेदवार रहेको क्षेत्रमा खस्यो ६१ प्रतिशत मत, अन्यमा कति ?

    काठमाडौं-  प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत झापा जिल्लामा उत्साहजनक रूपमा मतदान भइरहेको छ।

    जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरेको अपराह्न ४ बजेसम्मको तथ्याङ्क अनुसार जिल्लाभर औसत ५९.६७ प्रतिशत मतदान भएको छ।

    जिल्लाका ५ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदान क्षेत्र नम्बर ५ मा भएको छ भने सबैभन्दा कम क्षेत्र नम्बर १ मा देखिएको छ।

    क्षेत्रगत विवरण यस प्रकार छ :

    निर्वाचन क्षेत्र नं. १ : ५८.५८ प्रतिशत (७६,७७४ मत खसेको)

    निर्वाचन क्षेत्र नं. २ : ६०.६३ प्रतिशत (८९,४४३ मत खसेको)

    निर्वाचन क्षेत्र नं. ३ : ५८.६६ प्रतिशत (८२,६२९ मत खसेको)

    निर्वाचन क्षेत्र नं. ४ : ५८.९६ प्रतिशत (७७,०७२ मत खसेको)

    निर्वाचन क्षेत्र नं. ५ : ६१.१० प्रतिशत (९९,८१९ मत खसेको)

    झापामा कुल ७ लाख १३ हजार ५ सय ३७ मतदाता रहेकोमा ४ बजेसम्म ४ लाख २५ हजार ७ सय ३७ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।

    सहायक प्रमुख जिल्ला अधिकारीद्वारा प्रमाणित गरिएको यो तथ्याङ्क अनुसार जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ।

    मतदानको समय साँझ ५ बजेसम्म तोकिएकोले अन्तिम प्रतिशत अझै बढ्ने अनुमान गरिएको छ।

    646693921 3345637638916547 4392450012429780178 n KazPgZPfkz

    प्रतिक्रिया दिनुहोस्
    images
    images