काठमाडौं– सेयर बजारमा सामान्य सुधार आएको छ ।
बजार मापन गर्ने नेप्से इन्डेक्स २.३३ अंकले बढेर १९९५.२१ बिन्दुमा रोकिएको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.४७ अंकले बढेर ३८८.९३ बिन्दुमा रोकिएको छ ।
आज २२६ कम्पनीको २९ लाख १४ हजार ५०५ कित्ता सेयर १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको ०.७६, जलविद्युत १८.०९, वित्त कम्पनी १४.९५, निर्जीबन बीमा ६.३७, जीवन बीमा समूहको उपसूचक २.३६ अंकले घटेको छ ।
यस्तै विकास बैंक ६.२३, उत्पादन तथा प्रशोधन ११.३७, अन्य समूहको ३३.८२, माइक्रोफाइनान्स समूहको उपसूचक ३.६३ अंकले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















