images
images
  • इजरायलमा भेटियो १२ सय पुरानो महल, बनावट देखेर वैज्ञानिक चकित

    इजरायल– पुरातत्वविदले इजरायलको मरुभूमियुक्त दक्षिणी इलाकामा १२ सय पुरानो एक भव्य सम्पत्तिबारे पत्ता लगाएको छ जो नेगेव इलाकाको धनी व्यक्तिको जीवनको एक अनौठो झलकलाई पेश गर्छ । यसको बनावट देखेर पनि पुरातत्वविद अचम्मित छन् ।

    1 16 e1661504997654

    इजरायलको पुरावशेष प्राधिकरण (एन्टीकिटिज अथोरिटी)ले हालै दिएको जानकारी अनुसार राहतको बेडोइन शहरमा गरिएको यो खोज आठौँ वा नवौँ शताब्दीको सुरुवाती इस्लामिक कालको हो ।

    israel2 e1661505045904

    पुरातत्वविदका अनुसार यो विलासी घर एउटा आँगनको चारैतिर बनाइएको थियो र यसमा बस्नका लागि चारैतिर थुप्रै कोठासमेत बनाइएका थिए ।

    israel7
     

    एउटा निकै ठूलो स्थानको भुइँमा ढुङ्गा बिछ्याइएका थिए र त्यसैले भित्ताहरु पनि सजाइएका थिए । साथै हलको भुइँमा मार्बल राखिएको थियो । पुरातत्वविद्ले त्यहाँबाट विभिन्न खालका माटोका भाँडाहरु र खाना पस्कनका लागि निकै सुन्दर काँचका भाँडा पनि भेटे ।

    israe

     

    प्राङ्गणको मुनी पुरातत्वविद्ले ढुङ्गाले बनेको भूमिगत बेसमेन्ट देखेर चकित परे । यी बेसमेन्टको प्रयोग मरुभूमिको प्रचण्ड घामबाट बच्न र चिसो तापक्रममा वस्तुलाई सुरक्षित राख्नका लागि गरिन्थ्यो भन्ने गरिन्छ ।

    यो बेसमेन्टलाई निकै सावधानीपूर्वक र बलियो गरी बनाइएको थियो । यो बेसमेन्टको एउटा बाटो एउटा कुवातर्फ पनि जान्छ जहाँ मानिसले चिसो पानी पाउँथे होलान् ।

    israel10 m
    विशेषज्ञका अनुसार यो हवेलीका मालिक निकै समृद्ध थिए होलान् र आलिशान जीवनयापन गर्दथे होलान् । यहाँबाट जति पनि अवशेष पाइएका छन् यसबाट के प्रमाणित हुन्छ भने यो घर कुनै धनाढ्य व्यक्तिको थियो जोसँग धेरै कुरा थियो । (एजेन्सी)

    प्रतिक्रिया दिनुहोस्
    images
    images