images
images
  • भारतमा विश्वकै अग्लो रेलवे पुल निर्माण

    काठमाडौं- भारतले मणिपुर राज्यको राजधानी इम्फाल नजिकै विश्वकै सबैभन्दा अग्लो रेलवे पुल निर्माण गरिरहेको छ ।

    इम्फाल र जिरीविम जोड्ने एक सय ११ किलोमिटर रेलवे लाइनको नोने भन्ने स्थानमा विश्वकै अग्लो रेलवे पुल निर्माण सम्पन्न हुने क्रममा रहेको हो ।

    करिब ७५ प्रतिशत काम पूरा भईसकेको यो पुलको उचाई एक सय ४१ मिटर रहेको छ भने लम्बाई सात सय तीन मिटर रहेको छ ।पहाडी राज्य मणीपुरमा निर्माणाधीन यस रेलवे लाइनमा ५२ वटा सुरुङमार्ग रहेका छन् भने एक सय २९ वटा पुल मध्ये ११ वटा ठूला पुल रहेका छन् । ती मध्येकै नोनेपुल सबैभन्दा उच्च स्थानको पुल भएको भारतीय रेलवेले बताएको छ ।

    यो पुल निर्माणपछि १२ घण्टा लाग्ने यात्राको दूरी साढे दुई घण्टामा छोटिने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images